Welcome to MMSS
नेपालको ७ नं. प्रदेशको दार्चुला जिल्लाको सदरमुकाममा अवस्थित महेन्द्र नमुना मा. योग्य जनशक्ति प्रदान गर्ने नमुना विद्यालय हो । २०१७ साल श्रावण २७ गते जनैपुर्णीमाका दिन तत्कालिन मिडिल स्कुलको रुपमा संचालित यस विद्यालयले आफ्ना पाइलाहरु अगाडि बडाउदै मिति २०२५ सालमा तत्कालिन हाइस्कुलको रुपमा स्थापित हुन पुग्यो, यस समुदायका समाजसेवी, वुद्धिजिवी, चन्दादाता, जग्गा दाता तथा विद्यालयका शिक्षकहरुको प्रयासमा आफ्नो प्रगति गर्दै २०५०/०५/०१ तत्कालिन उच्च मा.वि.को रुपमा स्थापित भयो, तत्कालिन जिम्मेवार र दुरदर्शी नेतृत्व, मेहनेति शिक्षक र लगनशिल विद्यार्थीको कारण यसले आफ्नो विभिन्न क्षेत्रमा प्रगती गर्दै गयो, भौतिक, मानवीय जनशक्तिको उचित व्यवस्थापन गर्न पाउँदै २०६२ सालमा उच्च माध्यमिक शिक्षा परिषदबाट नमुना उच्च मा.वि.को उपाधि प्राप्त गर्न सफल भयो, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न यो विद्यालय सफल भएको छ । यस विद्यालयबाट उत्पादित जनशक्तिले अहिले समाजको विभिन्न क्षेत्रमा आफ्नो स्थान लिनमा सक्षम भएको अवस्था छ ।
विद्यालयको यस प्रयासको फल स्वरुप जिल्ला शिक्षा कार्यालय दार्चुलाको पहलमा २०७३ साल तत्कालिन प्राथमिक विद्यालय खलंगा समेत एकिकरण भै अहिले शिशु कक्षा देखि कक्षा १२ कक्षा संचालित यो विद्यालय हाल श्री महेन्द्र नम’ना मा.वि. खलंगाको नामले परिचित छ .